
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा यही असोज २५ गते शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्