काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकहरुमा सुधार भएको छ । संस्थाले यस अवधिमा खुद नाफा ९८ लाख १६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६६.६८% ले धेरै हो । गत वर्ष यसै अवधिमा खुद नाफा ९८ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
संस्थाले खुद ब्याज आम्दानी ८४.२१% वृद्धि गरेको छ भने सञ्चालन नाफा पनि ६९.०३% बढेको छ । यो पहिलो त्रैमाससम्ममा संस्थाले ५६ करोड ९० लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्व ४ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको सबैभन्दा आकर्षक सुधार भने जगेडा कोषमा भएको छ । गत वर्ष २७ लाख ५४ हजार रुपैयाँ मात्रै रहेको जगेडा कोषमा वृद्धि गरी अहिले ४ करोड ६४ लाख ३ हजार रुपैयाँ पुर्याएको छ ।
यता संस्थाको खराब कर्जा भने ०.२३%ले घटेको छ। गत वर्ष २.७७%ले घटेर २.५४% पुर्याएको छ। संस्थाको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्