
राष्ट्रपति हमिदले बुधबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । उहाँले बुधबार राष्ट्रपति विद्या भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । उहाँले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, परराष्ट्रमन्त्री ज्ञवाली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति हमिदले नेपालको राजकीय भ्रमणका क्रममा मंगलबार अपरान्ह भक्तपुरस्थित विश्व सम्पदा सूचिमा रहेका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरुको अवलोकन गर्नुहुनेछ भने बिहीबार पर्यटकीय नगरी पोखराको पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नुहुनेछ । शुक्रबार काठमाडौंको चन्द्रागिरीको अवलोकन गरेपछि उहाँ अपरान्ह स्वदेश फर्कनुहुनेछ । हेर्नुहोस् भिडियो :