
काठमाडौँ । विश्व बैंकले विद्यालय क्षेत्र विकाश कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हादाद जेरोभ्स एक कार्यक्रमका बीच अनुदान सहायतामा हस्ताक्षर गर्नु भयो । सम्झौता अनुसार बिश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र बिकाश कार्यक्रमको लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउने भएको छ । विद्यालय क्षेत्र विकाश कार्यक्रम अन्तर्गत यो वर्ष ७० लाख बिद्यार्थी, एकलाख असि हजार शिक्षक र तीस हजार बढी सामुदायिक बिद्यालयमा रहेका प्रारम्भिक बाल विकाश केन्द्रमा संचालन हुने सम्झौतामा उल्लेख छ ।
यस्तै बिश्व बैंकले नेपाली युवालाई स्वरोजगार बनाउन भन्दै युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना संचालन गर्न पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ। यो परियोजना संचालनको लागि १३ अर्ब ६३ करोड अनुदान सहायता उपलब्ध गराउने भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग पुग्नेगरी यो परियोजना संचालन हुनेछ। देश भरि ७५३ वटा रोजगार सेवा केन्द्रको स्थापना गरि एक लाख बढी युवालाई रोजगार दिने सरकारको लक्ष्य रहेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्