काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक सत्य नारायण रामाचार्य पक्राउ परेका छन् । ओमन एयरको उडानद्वारा दुबई जान लागेका रामाचार्यले लुकाइ छिपाइ २५ हजार अमेरिकी डलर लैजाने क्रममा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तर्फको हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा रामाचार्यलाई ह्याण्ड व्यागभित्र पत्रिकाले बेरी लुकाइ लैजाने लागेको १ सय दरका उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्