
काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । उनले ३४७ मत पाएर बिजय हासील गरेका हुन् । राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी -नेकपा) का उम्मेदवारले समान ३२८ मत पाएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले ५२ मत पाउँदा नेपाली कांग्रेसले भने २३ मत पाएको छ ।
यस्तै बागलुङको बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी भएका छन् । उनले ७०४ मत प्राप्त गरी बिजय हासिल गरेका हुन्। प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरे।
यस्तै समाजवादी पार्टिका हरीलाल रानाले भने जम्मा ६ मत प्राप्त गरे । उनका घरको जस्तै सदस्य गन्ने हो भनेपनि ६ पुग्छ । २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप-प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो। १ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्