Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक, अर्थमन्त्रीको हातबाट सिइओ श्रेष्ठले थापे सम्मान (भिडियो)

अर्थ सरोकार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको छ । कर दिवसको अवसर पारेर बैंकलाई विभागले सम्मान गरेको हो । बैक तथा वित्तिय संस्था तथा विप्रेषण कारोबार गर्ने कम्पनीहरुमध्ये उत्कृष्ट करादाताका रुपमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडलाई सम्मानित गरिएको हो ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले उक्त अवार्ड थापेका थिए । स्मरण रहोस् चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंक पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नै हो । कर दिवसको अवसर पारेर आन्तरिक राजश्व विभागले हरेक बर्ष बढी कर तिर्नेहरुलाई सम्मान गर्दै आएको छ । उक्त अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने व्यवसायी तथा संस्थाहरुलाईसमेत सम्मानित गरिएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK