×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हरेक घरः उर्जा घर’ अभियान संचालन गर्ने सरकारको तयारी, यसो भन्छन् उर्जामन्त्री (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘हरेक घरः उर्जा घर’ अभियान संचालन गर्ने सरकारको तयारी, यसो भन्छन् उर्जामन्त्री (भिडियो रिपोर्ट)

Artha Sarokar

१८ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पु¥याउनसो अभियान संचालन गर्न लागिएको जानकारी दिनु भएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले संचालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिनुभयो । दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखि बनाउनुपर्ने मन्त्री पुनको भनाई छ । सरकारले आर्थिक वर्ष २०८०÷०८१ भित्र करिव १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ ।
मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी