
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श, इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपाल र नेपा जापानले संयुक्तरुपमा मुलुकभर विपद् व्यवस्थापन सम्बन्धी चेतनामुलक कार्यक्रमको काम गर्ने भएका छन् । इभेन्टस भेन्यु एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स र नेपा जापानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा संयुक्त रुपमा मुलुकभर विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम संञ्चालन गर्ने जानकारी गराईएको हो । सहरीकरणका कारण प्राकृतिक विपद्का बेला जीवनको सुरक्षा गर्न चुनौति बढेकाले उचित शिक्षाको आवश्यकता महसुस गरेर मुलुकभर जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्न लागेको ती संस्थाका प्रतिनिधिहरुले बताए । कार्यक्रममा इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रंजितले आफुहरुले हालै जापानबाट प्राकृतिक विपद्का बेला जीवन रक्षा गर्ने सम्बन्धी तालिम लिएर आएकोले देशभित्र जनचेतना फैलाउने अभियानको सुरुवात गर्ने बताउनुभयो ।
कार्यक्रममा विपद् व्यवस्थापन विज्ञ दिनेश श्रेष्ठले भूकम्प लगायत प्राकृतिक विपतिबाट जोगिने उपायबारे जनचेतना फैलाउने काममा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले देशभर विपद् व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा आफुहरुको सहयोग रहने बताएका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्