Skip to content
LAXMI SUNRISE BANK

नियमावली संशोधनको माग गर्दै निर्माण व्यवसायी प्रर्दशनमा (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं। निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था सशोधन गर्न माग गर्दै राजधानी काठमाण्डौमा प्रर्दशन गरेका छन् । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन गर्दे निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेको हो । सावजनिक खरिद आठौ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससंग सम्बन्धीत व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन् । 
ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै व्यवसायीले संचारक्षेत्र प्रति पनि आक्रोश पोखे । सार्वजनिक खरिद ऐन अनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौता अनुसारको कानुनी कारवाही भोग्न आफुहरु तयार रहेको पनि उनीहरुले बताए । 
व्यवसायीहरु माईतीघर मण्डला देखि थापाथली त्रिपुरेश्वर हुदै युनाईटेड वल्र्ड टेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए । बुधबार र विहिबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK