
काठमाडौँ । उद्योगी व्यवसायीहरुले ईटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जथाभावी रुपमा इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गर्नु भएको हो । वातावरणीय प्रदुषण भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाहरुले स्थानीय इटा भट्टा हटाउने कामलाई अघि बढाईरहेका बेला उहाँले सरकारले संचालन गर्न अनुमति दिएका इटा उद्योग स्थानीय तहलाई भत्काउन दिन नहुने पनि स्पष्ट पार्नुभयो । पाँचौं उद्योग दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले इटा भट्टा हटाउने स्थानीय तहलाई कार्वाही नगरे व्यवसायीलाई तत्काल त्यसको क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले भने सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारलाई आरोप लगाएर व्यवसायीहरुले उन्मुक्ति नपाउनेमा आफू सचेत रहेको पनि उहाँको भनाई छ ।
अध्यक्ष गिरीले निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर उद्योग क्षेत्रको विकासमा फड्को मार्न चाहेको पनि बताउनु भयो । तर त्यसका लागि सरकारले प्रविधिको विकासमा जोड दिनुपर्ने उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्