Skip to content
LAXMI SUNRISE BANK

बिओके ऋण प्रकरण : थप ६ जना पक्राउ, पुर्व सीइओको सुनुवाई भोलि

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले बैंक अफ काठमाण्डू (बिओके) को ऋण दूरुपयोगको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
ऋण दुरुपयोगको आरोपमा बिओकेका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलगायत पक्राउ परिसकेका छन् भने उनलाई अदालतले पुर्वपक्षका लागि थुनामा समेत पठाइसकेको छ । 
पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडौं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं–३ महराजगञ्ज चक्रपथका भूपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाडौं नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाटका कृष्ण कार्की रहेका छन् ।
नक्कली कागजात बनाएर काठमाडौं–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु ४ करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
“बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो”, प्रवक्ता श्रेष्ठले भने, “राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो ।” उनीहरुले झापा कनकाई–९ स्थित कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघाको जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको उनले बताए।
उनीहरुविरुद्ध गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK