
काठमाडौँ । सर्वोच्च अदालतले बैंक अफ काठमान्डूका पूर्व सिइओ अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न दिएको आदेशलाई बदर गर्दै सर्वोच्चले उनलाई धरौटीमा रिहा गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन आदेश दिएको हो । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

उनलाई किर्ते कागजका आधारमा ऋण दिएको अभियोग लागेको छ । उच्च अदालतले उनलाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । यसका विरुद्ध उनी अदालत गएका थिए ।
बैंकर अजय श्रेष्ठसहित किरण कुमार बोहोरालाई एक-एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्