![](https://1.bp.blogspot.com/-O-81A8Ya_XQ/XcOxfMudHMI/AAAAAAABTmU/WCi_GHJeVuI4p3i749voSdWskAxkxUGpgCLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – सिभिल बैंकले ६.५७% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको २८८औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६.५७% नगद लाभांश दिने निर्णय गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
![](https://1.bp.blogspot.com/-dpU0xgaC2dU/XcOt09jlKeI/AAAAAAABTl8/2eZ9OaKQAtY4BSDBTVfFSSxGkh9wPHl3QCLcBGAsYHQ/s1600/c.jpg)