×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीकै अगाडी डेपुटी गभर्नरको दुखेसो, ‘सहुलियत कर्जालाई लिएर नेपाल बैंक किन उत्साहित भएन ?’ (भिडियोसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थमन्त्रीकै अगाडी डेपुटी गभर्नरको दुखेसो, ‘सहुलियत कर्जालाई लिएर नेपाल बैंक किन उत्साहित भएन ?’ (भिडियोसहित)

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका छन् । मुलुकको समृद्धिका लागि विना धितो विभिन्न सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरेपनि त्यसलाई बैंकहरुले प्रभावकारी ढंगले अघि बढाउन नसकेकोमा उनले असन्तुष्टि पोखेका छन् । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई विना धितो प्रवाह गर्ने नीतिगत व्यवस्था गरेपनि सो अनुसारको काम हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
उनले सहुलियत कर्जामा बैंकहरु किन उत्साहित बन्न सकेनन् भन्ने प्रतिप्रश्नसमेत गरेका थिए । नेपाल बैंक पूरानो बैंक र सरकारी बैंक भएर पनि सहुलियत कर्जालाई लिएर उत्साहित बन्न नसक्नु दुखको कुरा भएको उनको दुखेसो थियो । हेर्नुहोस् भिडियो रिपोर्ट :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: