
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले सिंहदरबार भित्र ‘दिगो विकास स्रोत केन्द्र’ को स्थापना गरेको छ । दिगो विकास केन्द्रको आईतबार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । दिगो विकास केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले तीनै तहका सरकारबीच एकीकृत योजना नबनेसम्म दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताउनुभयो । स्थानीय तहमा धेरै बजेट गएको अवस्थामा दिगो विकासको लक्ष्य प्राप्तीका लागि सबै स्थानियतहमा युनिट श्रृजना गरि त्यहाँका विकास योजनालाई दिगो विकासको लक्ष्यसंग केन्द्रीत गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले संघीय संसदमा समिति अन्तर्गत रहेको दिगो विकास श्रोत केन्द्रले दिगो विकासका लक्ष्य प्राप्तीका लागि भईरहेका कार्यको जानकारी गराउनुको साथै स्रोतहरुको एकीकरण तथा आवश्यक परामर्शका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
समिति सभापति तारादेवी भट्टले सरकारले अख्तियार गरेको सन्तुलित दिगो विकास तथा सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा श्रोत केन्द्रले ठुलो योगदान पुर्याउने बताउनुभयो ।
दिगो विकास लक्ष्य हासिलका लागि सरकारलाई सहयोग पुर्याउने उद्देश्य साथ स्थापना गरिएको दिगो विकास स्रोत केन्द्र (एसडीजी रिसोर्स कर्नर) मा दिगो विकासका १७ वटा क्षेत्रहरुलाई समेट्ने गरि इन्फोग्राफिक्सको माध्यमबाट तथ्याङ्क राखिएको छ । दिगो विकासमा विश्वभर भईरहेका कामहरु झल्काउने जानकारीहरु पनि केन्द्रमा राखिएको छ । समग्र रुपमा दिगो विकासको बारेमा जान्न , बुझ्न र अध्ययन गर्न चाहने सबैको पहुँच हुने केन्द्रको रुपमा दिगो विकास श्रोत केन्द्र रहेको स्थापना गरिएको समितिले जनाएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्