Skip to content
LAXMI SUNRISE BANK

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाको दाबी…! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको बताउनु भएको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा सम्मान गर्दै उहाँले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि उचित बजेट विनियोजन गरिएको दावी पनि गर्नुभयो । मन्त्री खतिवडाले सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम छिट्टै सम्पन्न गर्ने तथा सबै स्थानीय तहमा खेल ग्रामको स्थापनाका लागि आवश्यक बजेटको विनियोजना गरिएको उल्लेख गर्दै सो कामलाई तीव्रता दिन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले खेलकुद अर्थशास्त्रको माध्यमबाट देशको अर्थतन्त्रमा सहयोग पुग्ने भएकाले खेल पूर्वाधार निर्माणमा लगानी बढाउन आवश्यक भएको पनि बताउनुभयो । हेनुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK