![](https://1.bp.blogspot.com/-lKz1Y1A2cl4/XdDWZZjbnEI/AAAAAAABUDk/x_OFW0qNpGwH1Tt5XSk-GLzD1uaaAAkcQCLcBGAsYHQ/s640/Gol.jpg)
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ५ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३३ रुपैयाँ कायम गरेको छ ।