![](https://1.bp.blogspot.com/-4hyqPcH_Qtw/XeCq-GD_PrI/AAAAAAABUl0/XppuWnl5L6sBi1C3RI3j03Ev880VTkNUwCLcBGAsYHQ/s640/Gol.jpg)
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३३ रुपैयाँ कायम गरेको छ ।