काठमाडौं – गण्डकी विकास बैंकले एकै दिन चार वटा नयाँ शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकले धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार गरेको हो । यी शाखा विस्तारसँगै बैंकको शाखा कार्यालय संख्या ८५ पुगेको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भइराखेको जनाएको छ ।
बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा , अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ । एटिएम सेवा , मोवाइल बैंकिङ्ग सेवा ,एसएमएस बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा, एविविएस बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्