×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिको निर्देशिका विपरित जनरल इन्स्योरेन्स कम्पनी, ७४ बर्षका ‘बृद्ध बा’लाई कार्यकारी जिम्मेवारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

बीमा समितिको निर्देशिका विपरित जनरल इन्स्योरेन्स कम्पनी, ७४ बर्षका ‘बृद्ध बा’लाई कार्यकारी जिम्मेवारी !

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीमा बीमा समितिले जारी गरेको निर्देशिका विपरित काम भइरहेको खुलासा भएको छ । समितिले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को बुँदा २८ विपरीत जनरल इन्स्योरेन्सले उमेर हदभन्दा माथिका व्यक्तिलाई कम्पनीको कार्यकारी अधिकारी दिएको खुलासा भएको हो । 
बीमा समितिले २०७५ सालमा जारी गरेको निर्देशिकामा ७० वर्ष पूरा भएको व्यक्ति कुनै पनि बीमा कम्पनीको शीर्ष पदमा कार्यरत रहन नसक्ने उल्लेख छ । तर, कम्पनीले भने ७४ बर्ष पुगेका व्यक्तिलाई सो जिम्मेवारी दिएको छ । जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका व्यक्ति एसके तमोटको उमेर ७० बर्ष कटिसकेको छ । अर्थ सरोकार डटकमलाई प्राप्त गोप्य दस्ताबेज अनुसार उनी २००३ साउन १९ गते जन्मिएका हुन् । उनले गत साउन १९ गते ७४औं जन्मदिन मनाएका थिए ।
यता नियम विपरित भएको नियुक्तिबारे कम्पनीका महाप्रबन्धक एसके तमोट भने आफू कम्पनीको सिईओ नभई एक्टिङ सिइओ भएको बताउँछन् । तर सिईओ बाहेकका अन्य कर्मचारीमा नियुक्लितिका लागि ५८ वर्ष उमेर हद नाघेको व्यक्तिले नपाउने नेपालको श्रम ऐनमै भएको व्यवस्थाले पनि यो नियुक्ति बदरयोग्य छ भन्ने प्रमाणित गर्दछ ।
यता बीमा समितिले भने यस विषयमा के कसो भएको हो भनी कम्पनीलाई पत्राचारको तयारी गरिरहेको बुझिएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार यस विषयमा थाहा भएपछि समितिले यस विषयमा छलफल गरिरहेको छ । तमोटले भने दुई वर्षदेखि एक अर्ब ४० करोड चुक्ता पुँजी भएको जनरल इन्स्योरेन्स कम्पनी चलाइरहेका छन् । यसो त अहिले पनि कम्पनीमा अनौपचारिक कुराकानीमा उनलाई धेरै कर्मचारीले ‘बा’ वा ‘वृद्ध बा’ भनेर सम्बोधन गर्ने गरेको कर्मचारीहरुको भनाइ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: