×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली हस्ताक्षर गरेर विभिन्न बैंकका खाताबाट रकम झिक्ने गिरोह पक्राउ, १९ लाख बरामद !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नक्कली हस्ताक्षर गरेर विभिन्न बैंकका खाताबाट रकम झिक्ने गिरोह पक्राउ, १९ लाख बरामद !

११ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नक्कली चेक बुक बनाई विभिन्न बैंकको रकम चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरी कार्यमा संलग्न देखिएको भन्दै अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका ४ जना कर्मचारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

नक्कली चेक बुक बनाई र एटीएम कार्डमार्फत जनता बैंक, एनआइसी एसिया, माछापुच्छ्रे र मुक्तिनाथ विकास लगायत विभिन्न १९ वटा बैंकका शाखाबाट पैसा चोरी भएको बताइएको छ । जनता बैंकका ग्राहक गोपालमान राजबाहाकले दिएको बिशेष सूचनाका आधारमा प्रहरीले गिरोहलाई नियन्त्रणमा लिएको हो । 


राजबाहाकले कसैलाई चेक काटेर नदिएको अवस्थामा आइतबार एक्कासी करिब साढे ८ बजेतिर जनता बैंकमा रहेको आफ्नो खाताबाट १९ लाख ९ हजार रुपियाँ निकालेको म्यासेज मोबाईलमा आएपछि उनले प्रहरीलाई खबर गरेका थिए । 

घटना थाहा भएपछि प्रहरी, नेपाल राष्ट्र बैंक र रकम चोरिएका एनआइसी एसिया, माछापुच्छ्रे, जनता र मुक्तिनाथ लगायत बैंकका प्रमुख कार्यकारी अधिकृतसहितका अधिकारीको मंगलबार प्रहरी परिसर टेकुमा आकस्मिक बैठक बसेको थियो । 

राजबाहाकले जनता बैंककै न्युरोड शाखामा पैसा निकाल्न फेरि चेक बोकि एक जना व्यक्ति आएको सुचना प्राप्त हुनासाथ उनले प्रहरीलाई जानकारी दिई नियन्त्रणमा लिइएको थियो । उक्त व्यक्तिलाई नियन्त्रणमा लिएपछि अन्य व्यक्तिलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुबाट १८ लाख ५० हजार नगद र विभिन्न बैंकहरुका चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु पनि बरामद भएको थियो । प्रहरीका अनुसार अहिले उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर बैंकिङ्ग कसुर सम्बन्धी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

प्रहरीले विभिन्न व्यक्तिहरूको नागरिकताको २९० प्रतिलिपि, विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, विभिन्न प्रकार हस्ताक्षर नमुना र बिभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको डायरी २ थान बरामद गरेको छ । यस्तै  विभिन्न व्यक्तिको खाता खोल्न फोटो टासेको तयारी फाराम थान ३०० वटा पनि फेला परेको छ । १९५ जनाको विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट, जनता बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १६ थान पनि फेला परेको छ।

त्यसैगरी एनआईसी एशिया बैंकले जारी गरेका काटिएको अवस्थाको चेकबुक ६८१ थान र बिभिन्न व्यक्तिहरूको फोटो ८२५ थान, एटिएम कार्ड ८२ थान बरामद भएको छ । माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको चेकबुक १७ थान र काटिएको अवस्थाको चेकबुक २ थान फेला परेको छ। मुक्तिनाथ विकास बैंकबाट पनि विभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक ४१ थान र नकाटिएको चेकबुक पनि फेला परेको छ ।


एभरेष्ट बैंकका विभिन्न ग्राहकहरुका चेक बुक २० थान र काटिएको अवस्थाको चेकबुक पनि बरामद भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: