×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न, २५.५% लाभांश र जनता बैंकलाई गाभ्ने प्रस्ताव पारित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न, २५.५% लाभांश र जनता बैंकलाई गाभ्ने प्रस्ताव पारित

Artha Sarokar

४ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । उक्त सभामा बैंकको प्रस्तावित २५.५% लाभांश पारित भएको छ ।  
सभाले पारित गरेसँगै बैंकका आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ ।
साथै, साधारण सभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमइ बैंकको नामबाट एकिकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।
सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताएका छन् । मर्जरपछि ग्लोबल आइएमई ठूलो र सबल बैंक बन्ने अध्यक्ष ढकालले बताए ।
यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै, मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुरामकुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेशशर्मा ढकाल हुने सहमतिभएको छ ।
मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । साथै, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी