![](https://1.bp.blogspot.com/-SHkctZ2Wnmc/XcER8Ark3HI/AAAAAAAAF9Q/Xg7wRJu9VCYGf0L7IlR0D233M3pf6jmzACLcBGAsYHQ/s640/2.gif)
यस अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा सुधार ल्याएको प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । बैंकका यी दुई सूचकहरू क्रमश : ३०.३०% र ३८.४०% ले बढेका छन् भने बैंकको वितरण योग्य नाफा २८ करोड ११ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब २८ अर्ब ९९ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८ पैसाले बढेर २८ रुपैयाँ ८७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी, बैंकको पूँजीकोष अनुापत ११.८७ प्रतिशत, आधार ब्याजदर ९.४४ प्रतिशत, कोषको लागत ७.१३ प्रतिशत र स्पेडदर ४.९९ प्रतिशत रहेको छ ।
हाल ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर प्रक्रियामा रहेका छन् ।