काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ९ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ ।