![](https://1.bp.blogspot.com/-LZ6xSONzfhY/Xcj5dsmFVDI/AAAAAAABT1k/UpwhW5xxF4Y1KP3D-dAQXYvACp0RZgeBQCLcBGAsYHQ/s640/Gol.jpg)
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।