Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेण्ट बैंकको २ नयाँ शाखा पोखराको शितलादेवी र छोरेपाटनमा, गणेश कुमार श्रेष्ठ र कृष्ण शंकर श्रेष्ठद्वारा उद्घाटन

अर्थ सरोकार

पोखरा

काठमाडौं – ग्रीन डेभलपमेण्ट बैंकले पोखरा महानगरभित्र थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका हुन् भने छोरेपाटन शाखाको उद्घाटन बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठले गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानिय स्तरबाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानिय बैंक हुने बताए । सोही कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्बन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको र गण्डकी प्रदेशको उत्कृष्ट बैंक बनाउने लक्ष्य रहेको बताए ।
बैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, आईपिएस जस्ता सुविधा दिंदै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK