![](https://1.bp.blogspot.com/-eBIlFA0ipJo/XcJmGZv81lI/AAAAAAABThM/MwJ1BjISEEcxm4ZDF-yDeZML0IydNhSfgCLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले १३.१०% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १५४ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई १३.१०% बोनस सेयर दिने निर्णय गरेको हो । तर, बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने छ ।
यो प्रस्ताव बिमा समिति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
![](https://2.bp.blogspot.com/-wxQDOiXhmvc/XcJj1nFfRYI/AAAAAAABTg8/S7Krm-iXlbcHwf0r5sunnbwbLK7nl9IdwCK4BGAYYCw/s640/gurans%2Blife%2B%25281%2529.jpg)