काठमाडौं – चालु आर्थिक वर्षको प्रथम त्रैमासमा हिमालयन बैंकले खुद नाफा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार यो नाफा गत वर्षको तुलनामा ६.८५% ले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकलेखुद नाफा ६४ करोड ९६ लाख ५८ हजार रुपैयाँ कमाएको थियो । बैंकको वितरण योग्य नाफा १९ करोड ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : ०.४६% र ६.९१% ले बढेको छ । गत वर्ष १ अर्व ३१ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष केहि बढाएर १ अर्व ३१ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ९२ करोड ६२ लाख रुपैयाँबाट बढेर ९९ करोड २ लाख रुपैयाँ पुगेको छ ।
यो असारमसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः १२.७०% र ०.४६% ले बढेको छ । बैंकले निक्षेप १ खर्व १५ अर्व ४८ करोड रुपैयाँ संकलन गरेर कर्जा ९७ अर्व ९० करोड रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्व ५२ करोड रहेको छ ।
बैंकको खराब कर्जा १.१६%, कष्ट अफ फन्ड ६.४२% र आधारदर ८.९३% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ०२ पैसाबाट ३२ रुपैयाँ ५९ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्