×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता अवकाश कोषले संचित रकमको १% मुनाफा बितरण गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जनता अवकाश कोषले संचित रकमको १% मुनाफा बितरण गर्ने

Artha Sarokar

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडद्वारा सञ्चालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कोषमा सहभागी सञ्चयकर्ताहरुलाई संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ ।
२०७६ कात्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००/– र काजक्रिया खर्च रु. १०,०००/– को व्यवस्था गरेको छ ।
जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने कोष प्रमुख गणेश सुवेदीले जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी