काठमाडाैं – ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसंग रेमिट सेवाको लागि सम्झौता गरेको छ । आइतबार (मङसिर १ गते) ज्योति विकास बैंक र जेएमई रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन् ।
जेएमई रेमिटले स्थापना काल देखिनै जापानबाट गुणस्तरिय रेमिट सेवाप्रदान गर्दै आएको छ। यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिने छ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२वटा शाखाबाट जेएमई रेमिटको देश/ विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।
हाल ज्योति विकास बैंकले १०२शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवाप्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३० अर्ब रूपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजार भन्दा बढि ऋणीलाई २६ अर्व रूपैयाँभन्दा बढि लगानी गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्