
काठमाडौँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७९ लाख रुपैंया खुद नाफा कमाएउन सफल भएको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा ११७.६७ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा बैंकले ६ करोड ३३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै असोज मसान्तमा बैंकको वितरण योग्य नाफा ३ करोड ७ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक सुधार भएको छ । बैंकका यी दुई सूचक क्रमश : ७६.१६% र ११७.६४% ले वृद्धि भएका छन् । जस कारण खुद नाफामा उत्साहजनक प्रगति भएको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकका अधिकांश सूचकहरुमा आकर्षक सुधार भएको छ । ज्योतिको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०३ पैसाले १७ रुपैयाँ ८१ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।
३ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ करोड ७७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ३० अर्ब ७२ करोड ५२ लाख रुपैंया निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ७१ लाख रुपैंया कर्जा परिचालन गरेको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात ०.८३ प्रतिशत, आधारदर ११.२४ प्रतिशत र कोषको लागत ८.३९ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्