×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकको ३३ करोड ९३ लाख हिनामिना काण्ड : शाखा अधिकृतका दुई श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनीरुपमा निकालेर हिनामिना गरेको अभियोगमा ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बैंकको करोडौं रकम गैरकानुनीरुपमा निकालेर हानी नोक्सानी गरेको ठहरसहित अख्तियारले बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले गौतम, उनकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, उक्त बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र सन्दीप गुप्ताविरुद्ध भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हानी नोक्सानी भएको बिगो असुलउपर हुनुपर्ने माग दाबीसहित मुद्दा चलाएको हो। उक्त बैंकको स्वयम्भूमा कार्यरत शाखा अधिकृत गौतम र रामेछाप घरभई हाल भारत बस्ने राजीव थापा भन्‍ने कृष्णहरि थापाको योजनामा २०७५ असोजमा कृषि बैंकको स्वयम्भु शाखामा केही दिनको अन्तरालमा चारवटा नक्कली खाता खोलेर उक्त रकम हिनामिना गरिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पत्ता लगाएको थियो।
प्रहीका अनुसार गौतम र थापाको योजनाअनुसार ती खातामा अनियमितरुपमा रकम जम्मा र ट्रान्सफर गर्ने जिम्मेवारी केदारप्रसाद गौतमले तथा खातावालको बन्दोबस्त गर्ने जिम्मेवारी एकापसमा बाँडफाड गरेको थिए । थापा १४ वर्षदेखि भारतमा बसोबास गरी त्यहीँको रासनकार्डधारी भएको खुलेको थियो। उनले भारतमा बसोबास गर्ने गरेका नेपालीमूलका व्यक्ति पहिचान गरी खातावाल बन्‍न लगाएको व्युरोले जनाएको थियो। नागरिकता प्रमाणपत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण झुटो भेटिएको थियो।
केही नागरिकता प्रमाणपत्रको जारी मितिसमेत मिलेको, नागरिकतामा उल्लेखित ठेगाना अस्तित्वमै नरहेको, जारी भएको भनिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी नै नभएको जनाएको ब्युरोले जानकरी दिएको थियो। बैंकमा कार्यरत गौतम र पन्तले आफ्नो पासवर्ड प्रयोग गरी उल्लेखित खातामा देशभित्रकै कृषि विकास बैंकका विभिन्न १७ वटा शाखाबाट रकम आएको देखाइ बदनियतरुपमा रकम जम्मा गर्ने गरेका थिए।
जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मङ्गलबजार, न्यूरोड, रत्नपार्कलगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रेलगायतका अन्य सात वटा बैंकमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्‍न मितिमा पटकरपटक कुल ३३ करोड ८२ लाख ५७८ भुक्तानी लिई बैंकलाई हानी पुर्‍याएको अनुसन्धानबाट खुलेको थियो।
रकम जम्मा गर्न स्वयम्भू शाखामा खोलिएका चारवटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंककै रत्नपार्क, पुतलीसडक, मङ्गलबजार, सातदोबाटोलगायतका सातवटा शाखामा विभिन्‍न १० वटा नक्कली खाता खोलिएको थियो । उनीहरुको योजना अनुसार गौतमले जेठी श्रीमती सम्झना पोखरेल र छोराछोरीसमेत अमेरिकातर्फ उडेको हल्ला चलाएका थिए।
तर भारतको दार्जिलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहीँको विद्यालयमा पढाइरहेको प्रहरीले पत्ता लगाएको थियो। भारतमा बस्ने थापाको सहयोगमा आफूले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको गौतमले स्वीकारेका थिए। त्यसैको आधारमा बैंक खाता खोल्नुका साथै जग्गा जमिनसमेत किनेका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: