
काठमाडौँ – लक्ष्मी बैंकको १९औं वार्षिक साधारणसभा र बुकक्लोज मिति तय गरेको छ । बैंकले पुस ६ गते बार्षिक साधारण सभा बोलाएको छ । सभाको लागि बैंकले मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २२ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने छन् ।
बैंकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १०% बोनस सेयर र ५% नगद गरि कुल १५% लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ । बैंकले ८९ करोड २० लाख ५० हजार ९०० रुपैयाँ बराबरको बोनस सेयर र ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ८१ करोड २५ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्