काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ३७.३६% ले वृद्धि गरेर ३ करोड १७ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ। गत वर्षको यहि अवधिमा संस्थाले २ करोड ३१ लख २६ हजार रुपैयाँ खुद नाफा कामएको थियो ।
यता, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३६.१९% र ३८.७३% ले बढेको छ । गत वर्ष ६ करोड ५९ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यो त्रैमासमा बढाएर ८ करोड ९८ लाख ७७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ३ करोड ६३ लाख रुपैयाँबाट बढाएर ५ करोड ३ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ ।
हाल लक्ष्मीको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ३ लाख १२ हजार रुपैयाँ जम्मा रहेको छ । खराब कर्जा ०.९९% बाट बढेर १.५२% कायम भएको छ । कस्ट अफ फन्ड ९.९९% र कर्जा निक्षेप अनुपात २३१.४०% रहेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ६६ पैसा (वार्षिक) रहेको लक्ष्मीको प्रतिसेयर नेटवर्थ भने १७५ रुपैयाँ ५७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्