Skip to content
LAXMI SUNRISE BANK

बलात्कारको आरोप लागेका कृष्णबहादुर महरा कारागार चलान !

अर्थ सरोकार

काठमाडौं– बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ । महरालाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै डिल्लीबजार कारागार चलान गरिएको हो । 
जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आईताबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान सवाँ ११ बजेबाट फेरी सुरु भएको हो । बन्द ईजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका महराको बयान गत शुक्रबार सकिएको थियो । शुक्रबार समय अभावका कारण महराको थुनछेक बहस आईतबारबाट सुरु गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK