×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्णबहादुर महराविरूद्ध अदालतमा मुद्दा दर्ता, साढे ७ वर्ष जेल सजायको माग !

PRIME CA

कृष्णबहादुर महराविरूद्ध अदालतमा मुद्दा दर्ता, साढे ७ वर्ष जेल सजायको माग !

१५ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा तत्कालिन सभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरूद्ध जवरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको हो । जसमा साढे ७ वर्षसम्मको जेल कैद सजायको माग गरिएको छ ।
काठमाडौं अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।
महरामाथि अनुसन्धानका लागि तीन पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो । पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो । महरालाई रोशनी शाहीलाई रातिको समयमा उनकै निवास तीनकुनेस्थित डेरामा पुगेर जवरवस्ती करणी गरेको आरोप लागेको छ ।
आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: