
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलका लागि बोलाएको छ । समितिले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बोलाएको हो ।
नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने पनि बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई बोलाएको छ ।
शनिवार सरकारले यही विषयमा राष्ट्रिय एकता र सुझावका लागि सर्वपक्षिय बैठक बोलाएको थियो । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।
यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्