
काठमाडौँ – मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ ।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वर स्थित बैंकको कार्यालय परिसरमा बिहीबार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गर्नुभयो । कार्यक्रममा मेगा बैंकका सञ्चालकहरु, सिइओ, एडीसिइओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारी लगायतको उपस्थिति थियो ।
मेगा बैंकमा कार्यरत कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अझैँ प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ज्ञान हासिल गर्ने प्रकृया सदैब चलिरहने भएकोले सबै तहका कर्मचारीहरुको लागि यो अत्यन्तै उपयोगी हुने धारणा उहाँले राख्नुभयो । २०६९ साल देखिनै स्थापित बैंकको रिसर्च एण्ड डेभलप्मेन्ट ईकाईको कार्यमा रिसोर्स सेन्टरले योगदान पु¥याउने समेत विश्वास आफुले लिएको बताए ।
बैंककी सिइओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरुको पनि संख्या वृद्धि गर्ने रहेको बताउनु भयो र सोही बमोजिमको योजना एवं तालिका तयार गरी सेन्टरलाई सञ्चालन गरिने बताइन् ।
बैंककी एडीसिइओ रबीना देशराज श्रेष्ठले यस सेन्टरले लिएको उद्देश्यलाई थप प्रभावकारीताका साथ हासिल गर्न नौलो प्रविधि अनुसार फरक वातावरण सहित ज्ञान एवं दक्षता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिंदै यस सेन्टरको उद्देश्य बारे थप प्रकाश पार्न देशका साना तथा मझौला उद्यमी लगायत आम जनसमुदायमा वित्तीय साक्षारता प्रदान गर्न कर्मचारीमा क्षमता अभिवृद्धि गर्ने सोच समेत रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्