×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले गर्यो सामान्य प्रगति, खुद नाफा ८.११% ले वृद्धि हुँदा वितरण योग्य नाफा ३२ करोड ५६ लाख ६८ हजार रुपैयाँ !

PRIME CA

मेगा बैंकले गर्यो सामान्य प्रगति, खुद नाफा ८.११% ले वृद्धि हुँदा वितरण योग्य नाफा ३२ करोड ५६ लाख ६८ हजार रुपैयाँ !

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मेगा बैंकको आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ८.११% ले वृद्धि गरेर ४३ करोड ७४ लाख ७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रथम त्रैमासमा वितरण योग्य नाफा ३२ करोड ५६ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी १३.५९% र सञ्चालन नाफा ९.०९% ले बढेको छ । गत वर्ष ९२ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस त्रैमासमा बढाएर १ अर्व ५ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ५७ करोड ५१ लाख रुपैयाँबाट बढेर ६२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । 
यो असारमसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमश : २०.८३% र १४.२४% ले बढेको छ । बैंकले ७९ अर्व ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७१ अर्व ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
यता, बैंकको पूँजी कोष अनुपात १५.२७% , कोषको लागत ७.४०%, कर्जा निक्षेप अनुपात ७७.२४% र आधारदर १०.१९% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा र प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: