काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधरणसभामा प्रस्तावित ३१.५८% लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले ३०% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.५८% नगद लाभांश अनुमोदन गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५–७६ को वित्तीय विवरणमाथि पनि छलफल गरी स्वीकृत गरेको छ ।
यसैगरी, सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समिति सदस्यमा ज्ञ्यानु कृष्ण अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । उक्त सभामा विभिन्न १० प्रवद्र्धक बैंकका प्रतिनिधि सहभागी थिए ।संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले आगामी वर्षदेखि संस्था प्रादेशिक संरचनामा जाने र ७७ जिल्लामै आफ्नो शाखा विस्तार गर्ने योजना रहेको बताए ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको यस लघुवित्त कम्पनीले हाल ११५ शाखा कार्यालयमार्फत ५६ जिल्लामा सेवा विस्तार गरिरहेको छ । यसले १ लाख भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा पुर्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्