काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको प्रथम त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुत बन्दै गइरहेको छ । संस्थाको खुद नाफा १४२.१६% ले बढेर ९५ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ३९ लाख ३९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश : ८५.८६% र १४१.६८% बढेको छ । गत वर्ष १ करोड ५२ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोकम्पनीले यो त्रैमासमा बढाएर २ करोड ८४ लाख पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ६१ करोड ९१ लाख रुपैयाँबाट बढेर १ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
यो पहिलो त्रैमासमा संस्थाले ३४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब २ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको छ भने, रिजर्भ कोषमा ८ करोड ६० लाख ३७ हजार रुपैयाँ छ ।
यसले खराब कर्जा ४.०९%बाट घटेर २.०६% मा सिमित भएको छ । संस्थाको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा (बार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ ३१ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्