×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लिमिटेडले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप योजना’, यस्ता छन् विशेषताहरु ! (भिडियो रिपोर्ट)

PRIME CA

नेपाल बैंक लिमिटेडले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप योजना’, यस्ता छन् विशेषताहरु ! (भिडियो रिपोर्ट)

२६ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो । न्यूनतम २५ हजारमा बचत खाता खोली यो निक्षेप योजनामा सहभागी हुन सकिनेछ । 
उक्त योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले ६ दशमलव ५ प्रतिशत व्याजदर उपलब्ध गराउने आकर्षक योजना पनि तय गरेको छ । बैंकका प्रवक्ता अधिकारीले सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले निःशुल्क एटिएम कार्ड, ५० हजारसम्मको औषधि उपचारको व्यवस्था तथा ५० लाखसम्मको दुर्घटना विमालगायतका सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताउनुभयो ।
त्यसैगरी बैंकले आफ्नो ८३ औं स्थापना दिवसको अवसर पारेर ‘सुलभ अवास कर्जा योजना’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ । आफनै जग्गामा घर निर्माण गर्न तथा घर मर्मत, संहार गर्न सो योजना १ प्रतिशत व्याजदरमा लागू हुने पनि बैंकले जनाएको छ । बैंकको ८३ औं स्थापना दिवस आगामी कार्तिक ३० गते काठमाडौंमा हुँदैछ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: