×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लिमिटेडको खुद नाफा ३६.३३ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

PRIME CA

नेपाल बैंक लिमिटेडको खुद नाफा ३६.३३ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

अर्थ सरोकार

२२ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सरकारी स्वामित्वको नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ३६.३३ प्रतिशतले  घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । 
बैंकको खुद नाफामा गिरावट आएसँगै अधिकांश सूचकहरुमा पनि गिरावट आएको छ । बैंकको खुद नाफा ३६.३३% ले घटेर ५८ करोड १८ लाख २३ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोहि बैंकले ९१ करोड ३८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । 
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जस अनुसार खुद नाफा घट्न गएको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३.०४% र ५२.३५% ले घटेको छ । 
यस अवधिमा आउँदा बैंकको निक्षेप संकलन १ खर्ब १७ अर्ब २० करोडबाट घटेर १ खर्ब १४ अर्ब ७९ करोडमा झरेको छ भने कर्जा लगानी २४ करोड ५२ लाखले मात्र बढेको छ।
हाल यस बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड १४ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १३ अर्ब २५ करोड ४८ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै यसअवधिमा बैंकको खराब कर्जा अनुपात २.७५%, पूँजी कोष अनुपात १८.१०%, कोषको लागत ५.२२%, आधारदर ७.८४% छ ।  
प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५४ पैसाले घटेर २३ रुपैयाँ ७२ पैसामा आएको छ भने प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १४.५४ गुणा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: