×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेयर लगानीकर्ता दवाब समूहद्वारा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न आग्रह !

PRIME CA
GLOBAL IME BANK

शेयर लगानीकर्ता दवाब समूहद्वारा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न आग्रह !

१९ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । शेयर लगानीकर्ता दवाब समूहले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा ढिला नगर्न सरकारलाई आग्रह गरेको छ । दवाब समूहले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हो ।
डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज मसान्तमा सकिएसँगै धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको छ । बोर्ड यसरी नेतृत्वविहीन रहँदा समग्र पूँजी बजारमा नराम्रो प्रभाव पर्नसक्ने अवस्था आएको भन्दै दवाब समूहले अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न सरकारसँग आग्रह गरेको हो ।
साथै दवाब समुहका अध्यक्ष हरि ढकालले पछिल्लो समय पूँजी बजार संक्रमण अवस्थामा रहेको र यसलाई सहि दिशा प्रदान गर्न सक्ने व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गर्नपर्ने बताए । बोर्डका पुर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज मसान्तमा सकिएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: