काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ जारी गर्ने प्रस्तावसहित मंसिर २९ गते साधारणसभा बोलाएको छ । बैंकको सञ्चालक समितिको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते आइतबार र्याडिसन होटेलमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैंकले धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने गर्न लागेको हो । बैंकले सभामा चुक्ता पूँजी वृद्धि गरी २० अर्ब पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने, संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ। यस्तै आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहनेछ।
बैंकले कास्की जिल्लाको माछापुछ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ, रिजर्भ कोषमा ९७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्