×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो न्युन प्रगति, खुद नाफा ०.१२%ले वृद्धि !

PRIME CA
GLOBAL IME BANK

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो न्युन प्रगति, खुद नाफा ०.१२%ले वृद्धि !

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २० करोड ४४ लाख रुपैयाँ कमाएको छ । यो  नाफा गत वर्षको तुलनामा ०.१२% ले धेरै हो ।  गत वर्ष यसैअवधिमा यसले २० करोड ४१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । बिमांकीय मूल्यांकन हुन बाँकी भएकाले नाफामा न्यून वृद्धि भएको कम्पनीले जनाएको छ । 
कम्पनीले खुद बिमा शुल्क ४३.९०%ले वृद्धि गरेर ७ अर्व ८१ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ४ अर्व ४३ करोड २८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए । कम्पनीले १ अर्व ६७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १ अर्व  ३० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रकम रहेको छ।  
कम्पनीको रिजर्भ फन्ड २७.८३% ले घटेर २ अर्ब ६४ करोड १२ लाख ९ हजार रुपैयाँमा आएको छ । यसअवधिमा जीवन बिमा कोष भने ३२.८७% ले बढेको छ । चुक्ता पुँजी २५% ले बढेर ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६९ पैसाले घटेर १४ रुपैयाँ ८८ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: