
काठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय बमाेजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी संशोधित व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन निर्देशन जारी गरेको हो । संशोधित कार्यविधि अनुसार कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा पाइनेछ । यो ऋण उद्योग सञ्चालनका लागि नै प्रयोग गर्नपर्ने छ ।
यदि, अन्य प्रयोजनका लागि उक्त रकम प्रयोग भएमा साँवा रकममा १५% सम्म ब्याज असुल गर्ने केन्द्रीय बैंकले जनाएको छ । यस प्रकारको कर्जाका लागि धितो आवश्यक हुनेछ ।
यता, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम लगायत कार्यका लागि २ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिनेछ । यसका लागि व्यक्तिगत जमानीमा कर्जा प्राप्त गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्