×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले झन्डै ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, अपराह्न २ बजे बोलकबोल…!

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले झन्डै ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, अपराह्न २ बजे बोलकबोल…!

८ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउसो २ बजे बोलकबोल हुने भएको छ । बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल आगामी फागुन १३ गते परिपक्क हुनेछ । १८२ दिनका लागि जारी गर्न लागेको २ अर्ब ४७ करोडको ट्रेजरी बिल २०७७ जेठ १३ गते परिपक्क हुनेछ । 
यस्तै १ वर्ष अवधिका लागि जारी हुने ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ मंसिर ९ गते परिपक्क हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: