
सदस्यमा राष्ट्र बैंक सञ्चालक समितकै सदस्यहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेका छन् । छानविन समितिले प्रतिबेदन बुझाएपछि कारवाही या सफाई पाउनेछन् । मन्त्रीपरिषदको बैठकले छानविन गरी कारवाही गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । मन्त्रीपरिषदको निर्देशनअनुसार श्रेष्ठमाथि छानबिन शुरु गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
चार बर्षअघि श्रेष्ठ कांग्रेस कोटाबाट डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका अन्य आरोप पनि लागेको छ ।